अस्तव्यस्त पशुपति!


काठमाडौं। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र विकास कोष अस्तव्यस्त देखिन्छ। पशुपति क्षेत्रको मुख्य प्रवेशद्वारमा यत्रतत्र छरिएका सिमेन्टका डिभाइडरहरूले नर्क जाने द्वार जस्ताे भान हुन्छ। बनकाली ओरालोको गेटमा पनि डिभाइडरको हालत उस्तै छ।

कृपापुत्री भवनको बाटो हुँदै बागमती नदी निस्कने ठाउँमा खुला दिसा पिसाबयुक्त क्षेत्र जस्तो भएको छ। त्यहाँ सबैले फोहोर गर्ने गरेका छन् तर पशुपति क्षेत्र विकास कोषको ध्यान पुग्न सकेको छैन।

बागमती पारी बि-१३ एरिया डम्पिङ साईट बनेको छ। लागू औषध दुर्व्यसनीको अखडा जस्तो बनेको उक्त क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले सुरक्षा र सरसफाईमा कुनै चासो देखाएको छैन। मृगस्थली एरिया लागूऔषध र दुर्व्यसनीको अखडा जस्तो बनेको छ। यसमा कोषले अनदेखा गरिरहेको छ। पशुपति क्षेत्र विकास कोषमा सुरक्षा खटिएका सुरक्षाकर्मीको समेत त्यतातिर ध्यान पुगेको देखिँदैन।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले नपुगेर अख्तियार आयुक्त जयबहादुर चन्दकी छोरीको स्वामित्वमा बज्र सुरक्षा कम्पनीको सुरक्षाकर्मी समेत पशुपति क्षेत्र विकास कोषले करारमा राखेको छ। उनीहरूको समेत कुनै औचित्य छैन। पशुपति क्षेत्र विकास कोषका सुरक्षा इन्चार्ज भीम बुढाथोकीले आर्थिक लाभ लिएर माग्नेदेखि व्यापारीसम्मलाई खुलेआम कोर एरियामा छाडिदिएका छन्। तर, कोषले उनको गतिविधिमाथि निगरानी बढाउन सकेको छैन। पवित्र पाशुपत क्षेत्रमा अपवित्र काम हुँदा समेत कोषले कुनै सुधार गर्न सकेको पाइँदैन। पाशुपत क्षेत्र झनै अस्तव्यस्त बन्दै गएको छ।

पशुपतिमा गाँजाको कारोबार हुँदै

पशुपतिको B-13 एरियामा खुलेआम गाँजाको व्यापार हुने गरेको छ। उक्त एरिया दुर्व्यसनीको अखडा बन्दा पनि कोषले कुनै एक्सन लिन सकेको छैन। सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित निजी कम्पनीको सुरक्षा गार्ड राखेपनि उक्त क्षेत्रमा गाँजाको व्यापार रोकिएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ