सचिव पुडासैनी महान्यायाधिवक्ता कार्यालय, बेपत्ता आयोगको सचिवमा चौहान
काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्ववप्रसाद पुडासैनी महान्यायाधिवक्ताको कार्यालयमा सरूवा भएका छन्। न्याय सेवा आयोगको बैठकले सचिव पुडासैनीलाई महान्यायाधिवक्ता कार्यालयमा सरूवा गर्न सिफारिस गरेको हो। नायब महान्यायाधिवक्ता(सचिव) सूर्यराज दाहाल अनिवार्य अवकाशमा गएसँगै महान्यायाधिवक्ता कार्यालयमा एक नायब महान्यायाधिवक्ता (सचिव) रिक्त भएको थियो। उक्त ठाउँमा पुडासैनीलाई सरूवाका लागि सिफारिस गरिएको हो।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा भने ध्रुवकुमार चौहानलाई बढुवा गरी पदस्थापन गर्न सिफारिस गरेको छ। उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख समेत रहेका चौहान नायब महान्यायाधिवक्तामा बढुवा गरेर बेपत्ता आयोगमा पठाउन सिफारिस गरेको हो।
न्याय सेवा आयोगको बैठकले सहन्यायाधिवक्ता पूजा खत्रीलाई उच्च सरकारी वकिल कार्यालय, हेटौंडामा सरूवा गर्ने सिफारिस गरेको छ। हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता अशोकराज रेग्मी उच्च सरकारी वकिल कार्यालय, जनकपुर र जनकपुरका सहन्यायाधिवक्ता बिबेक कुमार बरालको महान्यायाधिवक्ताको कार्यालयमा सरूवा सिफारिस गरिएको हो।
न्याय सेवा आयोगले ४४ उपन्यायाधिवक्ताको पनि सरूवा सिफारिस गरेको छ।
क्याटेगोरी : समाचारट्याग : #अशोकराज रेग्मी, #उद्धवप्रसाद पुडासैनी, #ध्रुबकुमार चौहान, #पूजा खत्री, #बिबेककुमार बराल



तपाईको प्रतिक्रिया दिनुहोस