सरकारी वकिल समूहको सहसचिवमा ४ महिला प्रतिस्पर्धामा
काठमाडौं। न्याय सेवा, सरकारी वकिल समूहको सहसचिवमा ४ महिना प्रतिस्पर्धामा आएका छन्। लोक सेवा आयोगले लिएको लिखित परीक्षामा सरकारी वकिल समूहमा ४ जना महिला उत्तीर्ण भएका हुन्। गंगा न्यौपाने, बिना दाहाल, शारदा फुयल र सविना शर्मा सरकारी वकिल समूहको सहसचिवमा उत्तीर्ण हुन सफल भएका छन्।
सरकारी वकिल समूहको १ पदका लागि आन्तरिक प्रतिस्पर्धामा ३१ जना सहभागी भएकोमा दुई पुरूष कृष्णप्रसाद अधिकारी, केदार कोइराला तथा महिलाबाट गंगा न्यौपाने, बिना दाहाल, शारदा फुयल र सविना शर्मा उत्तीर्ण भएका हुन्। यिनीहरूमध्ये १ जना सरकारी वकिल समूहको सहसचिव हुनेछन्।

लिखित परीक्षामा उत्तीर्ण भएका न्यौपाने कानुन समूहकी उपसचिव हुन्। उनी नेपाल कानुन आयोगमा छिन्। बिना दाहाल र सविना शर्मा सरकारी वकिल समूहकै उपन्यायाधिवक्ता हुन्।
शारदा हाल सोलुखुम्बु जिल्ला अदालतको श्रेस्तेदारको भूमिकामा छिन्। गंगाले न्याय र सरकारी वकिलमा नाम निकालेकी छिन्। फुयल कानुन र सरकारी वकिल समूहमा उत्तीर्ण भएकी हुन्।
क्याटेगोरी : विविध
ट्याग : #गंगा न्यौपाने, #बिना दाहाल, #शारदा फुयल, #सविना शर्मा



तपाईको प्रतिक्रिया दिनुहोस