दूरदर्शी प्रधानमन्त्री सुशीला! अन्ततः एघार सदस्यीय बन्यो मन्त्रिपरिषद्


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले एघार सदस्य मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी थिइन्। प्रधानमन्त्री भइसकेपछि आफ्नो मन्त्रिपरिषद् एघार सदस्य हुने उद्‌घोष गरेकी थिइन्। तर, पटकपटक मन्त्रिपरिषद् विस्तार गर्दा १५ सदस्यीय बनेको थियो। उक्त मन्त्रिपरिषद् फेरि एघार सदस्यीय बनेको छ।

एघार सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी ऊर्जा मन्त्री कुमालमान घिसिङ, सञ्चार मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद बब्लु गुप्ता चुनावमा जाने निश्चित भएपछि चौथो सदस्यीय मन्त्रिपरिषद् बनाएकी थिइन्। गृह मन्त्री ओमप्रकाश अर्याल पनि चुनावमा जाने चर्चाकाबीच बालान्द शर्मा परराष्ट्र मन्त्रीमा थपिएर पन्ध्र सदस्यीय मन्त्रिपरिषद् बन्यो। तर, अर्यालले चुनाव गराउने धर्म निर्वाह गरेर सरकारमै बसे। अप्रत्याशित रूपमा शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएर म्यादीमा चुनाव लड्न पुगेका छन्। मन्त्रिपरिषद् जसरी भएपनि एघार सदस्यीयमा सीमित भएको छ। नागरिक सरकारको आफ्नो मिसनमा इमानदार र प्रतिबद्ध गृहमन्त्री अर्याल देखिएका हुन्। उनले राम्रोसँग चुनाव सम्पन्न गरे राष्ट्रियसभामा मनोनित हुने सम्भावना पनि जीवितै छ।

प्रधानमन्त्री सुशीला कार्कीको मौजुदा मन्त्रिपरिषद्मा गृहमन्त्री अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भूमिमन्त्री कुमार इङनाम, भूमिमन्त्री मदनप्रसाद परियार, स्वास्थ्यमन्त्री सुधा गौतम, श्रममन्त्री राजेन्द्रसिंह भण्डारी, वनमन्त्री माधवप्रसाद चौलागाई, महिलामन्त्री श्रद्धा श्रेष्ठ र परराष्ट्रमन्त्री बालानन्द शर्मा बाँकी रहेका छन्। पन्ध्र सदस्यीयसम्म पुगेको मन्त्रिपरिषद् अन्ततः प्रधानमन्त्री कार्कीले उद्घोष गरेजस्तै एघार सदस्यीय बनेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ