स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल नियुक्त
काठमाडौं । लामो समयदेखि नेतृत्वविहीन बनेको स्वास्थ्य बीमा बोर्डले अस्थायी नेतृत्व पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा कृष्ण पौडेललाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
यसअघि बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले राजीनामा दिएपछि बीमा बोर्ड प्रशासनिक र निर्णय प्रक्रियामा अन्योलमा परेको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले बोर्डका नियमित कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले डा पौडेललाई जिम्मेवारी सुम्पिएको जनाएको छ।
मन्त्रालयका अनुसार डा पौडेललाई बीमा बोर्डका आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ। उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस