टेकु अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला


काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन् ।

ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक बाँस्तोला यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य  मन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए ।

पूर्व निर्देशक डा. युवानिधि बसौला गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि मन्त्रालयले बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ