खत्री र पाठकको उम्मेदवारी खारेज गराउने महेश बस्नेतको योजना असफल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका (शोभा) पाठकको उम्मेदवारी खारेज गराउन एमाले नेता महेश बस्नेतको षड्यन्त्र असफल भएको छ। निर्वाचन आयोगले उनीहरू विरुद्ध बस्नेतका भाञ्जा नवीनकुमार महतले हालेको उजुरी खारेज गरिदिएको हो। योसँगै उनीहरू बस्नेतसँग मैदानमा खडा हुने भएका छन्।
महतले खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको र पाठकविरुद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भनेर उम्मेदवारी खारेज गराउन उजुरी हालेका थिए। योजनाबद्ध तरिकाले हालेको उजुरी खारेज भएसँगै बस्नेत उम्मेदवारी खारेज गराउने षड्यन्त्रले फेल खाएको हो।
नेपाल जनसेवा पार्टीका उम्मेदवार पाठक आफूविरुद्ध बस्नेतले भान्जा लगाएर उजुरी हाल्न लगाएको आरोप लगाइएकी छिन्। रास्वपाको खत्रीविरुद्ध बेतुकको उजुरी हाल्न लगाएर करोडौंको प्रचार गरिदिएका छन्। उक्त उजुरीले उल्टै खत्रीलाई फाइदा भएको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस