पशुपतिमा कमसल शिलाजितको बिगबिगी


काठमाडौं। पशुपति भन्नेबित्तिकै पवित्र धार्मिक क्षेत्रका रूपमा बझिन्छ। पशुपति भने कै शुद्धता र पवित्रताको प्रतीक हो। तर, पशुपतिनाथ मन्दिर बाहिरको गतिविधि हेर्दा त्यस्तै देखिँदैन।

पशुपतिको मुख्य क्षेत्रमै शिलजित, यर्सागुम्बा (किराजडी), केशर, कामराज, सेतो मुसुली, कस्तुरी सेन्टलगायतका जडीबुटीहरू खुलेआम बिक्री वितरण भइरहेका छन्। यी जडीबुटीको गुणस्तरमा भने प्रश्न उठेको छ।

पशुपतिको मुख्य क्षेत्रमा यस्तो व्यापार गर्न नमिल्ने हो तर कोषबाट खटिएका सुरक्षाकर्मीको मिलेमतोमा गुणस्तरहीन जडीबुटीको बिक्री वितरण हुँदै आएको छ। व्यापारीहरूले गुणस्तर प्रमाणित भएको कागजात समेत देखाउन सक्दैनन्। यस्तो पवित्र ठाउँमा गुणस्तरहीन र कमसल शिलाजित लगायतका जडीबुटीको खुलेआम बिक्री वितरण हुँदा पनि पशुपति क्षेत्र विकास कोष अनदेखा गरेर बसिरहेको छ। उपभोक्ता भने ठगिँदै आएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ