सिडिओ हुने योग्यता नै नपुगेका सिडिओ खान छिरे: शान्ति र जुनु सिडिओ भएर गए, निराजन जाने तयारीमा


काठमाडौं। सिडिओ हुने योग्यता नै नपुगेकाहरू गृह मन्त्रालय छिरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुने योग्यता नै नपुगेकाहरू सिडिओ नै भएर गएको पाइन्छ। यसले गृह मन्त्रालय सुशासन र कानुनी शासनमा चुकेको देखिन्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत योग्यता नपुगेका कर्मचारीलाई सिडिओ खान गृह मन्त्रालय पठाएको खुल्न आएको छ। सिडिओ हुन कानुनमा स्नातक वा ३ महिने कानुन र न्यायसम्बन्धी तालीम लिएको हुनुपर्छ। दुईमध्ये एउटा मापदण्ड पूरा नभएको सिडिओ हुन पाउँदैन। तर, गृह मन्त्रालयले प्युठानको सिडिओ बनाएर पठाएका शान्तीराज प्रसाईं र डोल्पाको सिडिओ जुनु हमाल ढकालसँग सिडिओ हुने योग्यता नै नभएको पाइएको हो। चुनावको चटारोमा प्रसाईं र ढकाल सिडिओ हुने तालीम लिइरहेका छन्। सिडिओ हुने योग्यता नै थाहा नपाउनेले कसरी सिडिओ चलाउछन् त्यो गम्भीर प्रश्न हो।

न्याय सेवा तालीम केन्द्रले दिने ३ महिने उक्त तालीममा गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव घिमिरे पनि सहभागी रहेका छन्। राष्ट्रपतिको कार्यालयमा रहेका घिमिरे सिडिओ हुने योग्यता नै नपुऱ्याई गृह मन्त्रालय छिरेको पाइएको हो। सहसचिव भइसकेका र नीतिगत तहमा काम गर्नु पर्ने व्यक्ति नै न्यूनतम योग्यता नपुगी सिडिओ खान तम्सिएर गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालय पुगेपछि मात्र सिडिओ हुन तालीम लिनुपर्छ भन्ने कुरा घिमिरेले थाहा पाएका छन्। यो लाजमर्दो कुरा हो।

चुनावमा ध्यान केन्द्रित हुनुपर्नेमा प्रसाईं र ढकालसँगै घिमिरे पनि सिडिओ हुने तालीमा व्यस्त छन्। सिडिओ हुने मापदण्ड नै पूरा नगरेका कर्मचारी सिडिओ बन्न गृह मन्त्रालय छिर्दा गृह प्रशासन फितलो हुन थालेको छ। गृह प्रशासन कमजोर हुँदा देशको सुरक्षा प्रणाली र सुशासन धर्मराउन थालेको हो। गृह मन्त्रालयले सिडिओ हुने मापदण्ड पूरा नगरेकालाई सिडिओ बनाउँदा बेथितिले सीमा नाघेको छ। यसको मार देशले भोगिरहेको देखिन्छ। निर्वाचनको तयारीमा जुट्नु पर्ने बेलामा मापदण्ड पुऱ्याउन सिडिओ नै तालीममा व्यस्त हुँदा जिल्लाको अवस्था समेत नाजुन बन्न थालेको सुनिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ