अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सवारी साधनमा अनधिकृत व्यक्तिको रजाइँ, अझै फिर्ता गरेनन्
काठमाडौं। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सवारी साधनमा अनधिकृत व्यक्तिको रजाइँ चेलिरहेको छ। करारको म्याद सकिएर घर गइसकेका भद्रकाली पराजुली, चीरञ्जीवी बुढाथोकी, तनबिर खाँ र सैयद मोहम्मद इमरान सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हुँइकिदै आएका छन्। अनधिकृत व्यक्तिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सवारी साधन अझै फिर्ता गरेका छैनन्।
संसद् बैठक समेत चल्दै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्दा झन्डै १ दर्जन सवारी साधन जलेर नष्ट भए। जलेर ध्वस्त भइ ‘खरानी चाट्ने,फलान चुस्ने’ अवस्थामामा पुगेपनि करारमा राजनीतिक भर्ति भएर म्याद खुस्किएका व्यक्तिहरूलाई सवारी साधनमा हुइँकिन कुनै खाचो भएन। उनीहरू सरकारी नम्बर प्लेट कै सवारी साधनमा रजाइँ गरिरहेका छन्। ति सवारी साधन केहिले काही सेकुवा कर्नरतिर पनि भेटिन्छन्। अनधिकृत रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत रहेका सवारी साधन कब्जा हुँदा पनि जिम्मेवार पदाधिकारी मुकदर्शक भएर बसिरहेका छन्।
सहरी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको उक्त व्यवस्थापन समितिको कार्यकारी निर्देशकमा सहरी विकास मन्त्रालय कै सहसचिव नारायणप्रसाद मैनाली रहेका छन्। भग्नावशेष अवस्थामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई म्याद सकिएका व्यक्तिहरूले जुका जसरी चुस्दा पनि उनले कुनै एक्सन लिन सकेका छैनन्। यो विषयले उक्त ठाउँमा बेथितिले सीमा नाघेको देखिन्छ।
राज्यको स्रोत दुरुपयोग हुँदा राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता नियमनकारी निकाय समेत बेखबर देखिछन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस