ऐतिहासिक कोतवालीमा अनधिकृत संरचना निर्माण गरिदै
काठमाडौं। बाराको ऐतिहासिक कोतवालीमा अनधिकृत संरचना निर्माण गर्न सुरू गरिएको छ। ऐतिहासिक र पुरातात्त्विक महत्त्वका स्थान कोतवालीमा अनधिकृत संरचना निर्माण गर्न थालेपछि स्थानीय अभियान्ताहरू सक्रिय भएका छन्।
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित ऐतिहासिक र पुरातात्त्विक महत्त्वको कोतवालीमा डोजर चलेपछि पुरातत्त्व विभागमा समेत उजुरी परेको छ। पुरातात्त्विक सम्पदा कोतवाल (कोतवाली)मा पुरातनशैलीलाई मासेर अनधिकृत रूपमा निर्माण गरिएको पाइएको हो।
पुरातात्त्विक सम्पदा कोतवालमाथि अतिक्रमण भएको विषयमा पुरातत्त्व विभाग समेत वेखबर देखिन्छ। प्राचीन सिम्रौनगढ राज्यस्थित दरबारको उत्तरपट्टीको द्वार (गेट)सँगै रहेको कोतवाली प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार संरक्षण गर्नुपर्ने ठाउँ हो। तर, पुरातत्त्व विभागको बेवास्ताका कारण स्थानीय तहले कोतवालीमाथि गम्भीर क्षति पुऱ्याए को देखिन्छ।
२०-२५ फिट अग्लो कोतवाली चौतारा विभिन्न समयमा अतिक्रमण पर्दै आएको हो। पुरातत्त्व विभागले प्राचीन स्मारक कोतवालीको संरक्षणमा ध्यान नदिने हो भने उक्त कोतवालीको अस्तित्व नै समाप्त हुने खतरा छ।








तपाईको प्रतिक्रिया दिनुहोस