प्रशासन, न्याय र लेखापरीक्षण सेवामा सहसचिव थपिए


काठमाडौं। आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन, न्याय र लेखापरीक्षण सेवामा सहसचिव थपिएका छन्। लोक सेवा आयोगले तीनवटै सेवामा सहसचिव सिफारिस गरेको हो।

लोक सेवा आयोगले प्रशासन सेवामा ७ जना सहसचिव सिफारिस गरेको छ। प्रशासन सेवामा डिजन भट्टराई, विनय राना, तीर्थराज राई, रेशमलाल कँडेल, गोकुल बाँस्तोला, खडानन्द अधिकारी र मानबहादुर बम सहसचिवमा सिफारिस भएका हुन्।

त्यस्तै लेखापरीक्षण सेवामा नीरप्रसाद सुवेदी सहसचिवमा सिफारिस भएका छन्। न्याय सेवाको आन्तरिक प्रतिस्पर्धाबाट न्याय समूहमा केदार कोइराला, कानुन समूहमामा बालकृष्ण र सरकारी वकिल समूहमा बिना दाहाल सहसचिवमा सिफारिस भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ