संसद् र लेखापरीक्षण दुबै सेवामा सापकोटा, अर्याल र बराल प्रतिस्पर्धी
काठमाडौं। संघीय संसद् सेवा र लेखापरीक्षण सेवाको खुला १ पदका लागि ३ जना प्रतिस्पर्धामा उत्रिएका हुन्। विशाल सापकोटा, प्रेमचन्द्र अर्याल र सिर्जना बरालको संघीय संसद् सेवा र लेखापरीक्षण सेवा दुबैतिर नाम निस्किएको हो। लोक सेवा आयोगले लिएको लिखित परीक्षामा सापकोटा, अर्याल र बराल दुबैतिर उत्तीर्ण भएका हुन्।
संघीय संसद् सेवा र लेखापरीक्षण सेवाको खुलामा १/१ पद मागिएको छ। त्यसमा विशाल सापकोटा, प्रेमचन्द्र अर्याल र सिर्जना बरालको दुबैतिर नाम निस्किएको हो।
संघीय संसद् सेवाको खुलामा १ जना सहसचिवका लागि लिखितमा धर्मराज रोकाया, नुमराज खनाल शर्मा, प्रेमचन्द्र अर्याल, विशाल सापकोटा, शिवप्रसाद भन्तना र सिर्जना बरालको नाम निस्किएको हो। उनीहरूमध्ये १ जना सहसचिव हुनेछन्।

त्यस्तै नेपाल लेखापरीक्षण सेवाको सहसचिवको खुला प्रतिस्पर्धामा नरेन्द्र सन्याल, प्रेमचन्द्र अर्याल, विशाल सापकोटा र सिर्जना बरालको लिखितमा नाम निस्किएको छ। यिनीहरूमध्ये १ जना लेखापरीक्षण सेवाको सहसचिव बन्नेछन्।
क्याटेगोरी : समाचारट्याग : #प्रेमचन्द्र अर्याल, #विशाल सापकोटा, #सिर्जना बराल



तपाईको प्रतिक्रिया दिनुहोस