प्रशासक सेवामा आन्तरिक प्रतिस्पर्धाबाट ७ सहसचिव थपिदा ३ जना लेखा समूहका
काठमाडौं। प्रशासक सेवामा आन्तरिक प्रतिस्पर्धाबाट ७ सहसचिव थपिदा ३ जना लेखा समूहका परेका छन्। लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव सिफारिस गर्दा लेखा समूहका खडानन्द अधिकारी, गोकुल बाँस्तोला र मानबहादुर बम सहसचिव भएका हुन्।
आन्तरिक प्रतिस्पर्धामा ७ पदका लागि सहसचिवको लिखित नतिजा सार्वजनिक हुँदा अधिकारी, बाँस्तोला, बमसहित १० जना उत्तीर्ण भएका थिए। जसमा उनीहरूसहित डिजन भट्टराई, तीर्थराज राई, पूर्णिमा उपाध्याय, रेशमलाल कँडेल, विजय राना, सुरेन्द्र थापा मगर र हिरालाल भण्डारी उत्तीर्ण भएका थिए। भट्टराई, राई, उपाध्यय, कँडेल, राना, थापा सामान्य प्रशासन समूहका उपसचिव रहेका थिए भने अधिकारी, बाँस्तोला, बम र भण्डारी लेखा समूहका उपसचिव लिखित परीक्षामा उत्तीर्ण भएका थिए।
मामिला प्रस्तुतिकरण र अन्तर्वार्तापछि लेखाका भण्डारी सहसचिवमा असफल भएका छन्। सामान्य प्रशासन समूहका उपसचिव उपाध्याय र थापा सहसचिवको अन्तिम चरणबाट बाहिरिएका हुन्। लेखा समूहका कर्मचारीको सहसचिवको आन्तरिक प्रतिस्पर्धामा शानदार उपस्थिति देखिएको हो।
ट्याग : #खडानन्द अधिकारी, #गोकुल बाँस्तोला, #मानबहादुर बम



तपाईको प्रतिक्रिया दिनुहोस