ओखलढुंगामा एमालेले तीन वडाध्यक्षलाई २४ घण्टे स्पष्टीकरण सोध्यो, पद धरापमा!


ओखलढुंगा। नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीले सूर्य चिन्हबाट निर्वाचित तीन जना वडाध्यक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मोलुङ गाउँपालिका-१ का वडाध्यक्ष कमलबहादुर बानियाँ, मोलुङ गाउँपालिका-६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका-७ का वडाध्यक्ष सुरेशकुमार थापालाई स्पष्टीकरण सोधिएको हो।

एमालेको झण्डामुनि रहेर जनतासँग मत मागी निर्वाचित भएपछि पार्टी र जनमतको विपरीत गतिविधिमा संलग्न हुनु अस्वीकार्य हुने भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले ओखलढुंगाका नवनियुक्त जिल्ला संयोजक हर्कबोल राईले जानकारी दिए । तीनैजना वडाध्यक्षहरू केही समय अगाडि नेकपा प्रवेश गरेका थिए।

शुक्रबार ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले नेताहरूले पहिलो चरणमा २४ घण्टे स्पष्टीकरण सोधिएको र तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दल सम्बन्धी ऐन बमोजिम निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ