पशुपतिमा विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ सुरू
काठमाडौं। पशुपतिमा विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ सुरू भएको छ। श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरू महेश चैतन्य ब्रह्मचारीजी महाराजको संकल्पमा उक्त महायज्ञ सुरू भएको हो।
पशुपति क्षेत्रको बनकाली श्री नेपाल वेदविद्याश्रम परिसरमा शुक्रबारदेखि उक्त महायज्ञ सुरू भएको छ। फागुन ४ गतेसम्म चल्ने उक्त महायज्ञ नेपालमै पहिलोपटक सम्पन्न हुन गइरहेको छ। प्रसिद्ध साधक महेश चैतन्यले समुपस्थितिमा विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटी अर्चना महायज्ञ दिव्य महोत्सव आयोजना गरिएको हो।
नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणका लागि श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरूदेव श्री महेश चैतन्य ब्रह्मचारीजी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा नेपालको यज्ञिय इतिहासमा पहिलोपटक सम्पन्न हुने भगवती श्रीविद्या राजराजेश्वरी ललितामहात्रिपुरसुन्दरी कोटी अर्चना दिव्य अनुष्ठान सुरू भएको हो। ११ दिनसम्म चल्ने उक्त महायज्ञ नेपालमै पहिलोपटक हुन गइरहेको आयोजन संस्थाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस