जुम्लाबाट मन्त्री बनेका चौलागाईंसँग कर्णालीका ५ सहसचिव


काठमाडौं। साबिकको कर्णाली अञ्चलबाट नेपाल सरकारका सहसचिव बनेका पाँच सहसचिवले संयुक्त रूपमा वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंलाई भेटेका छन्। सहसचिवहरू जयनारायण आचार्य, गोगनबहादुर हमाल, भूपेन्द्र थापा, खडानन्द अधिकारी र मानबहादुर बमले संयुक्त रूपमा मन्त्री चोलागाईंलाई भेटेका हुन्। अधिकारी र बम हालै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

साबिक कर्णाली अञ्चलमा डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु जिल्ला पर्छन्। आचार्य, हमाल, थापा र अधिकारी जुम्लाका हुन् भने कालिकोटका हुन्। उनीहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका चौलागाईंको कार्यकक्षमा जमघट भएका हुन्।

मन्त्री चौलागाईं जुम्ला कै हुन्। माथिल्लो कर्णालीका रूपमा चिनिने साबिकको कर्णाली अञ्चलबाट जुम्लाबाटै प्रशासन सेवाको सहसचिव बन्नेको संख्या बढी छ। मन्त्री चौलागाईंलाई भेट्न गएका पाँच जना सहसचिव जुम्ला कै देखिन्छन्। उनीहरूको साथमा कालिकोटका बम पनि मिसिएका हुन्।

आचार्य हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन्। हमाल बर्दियाको प्रमुख जिल्ला अधिकारी र थापा वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुन्। लेखा समूहबाट आन्तरिक प्रतिस्पर्धा मार्फत सहसचिव बनेका अधिकारी र बम पदस्थापन हुनै बाँकी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #खडानन्द अधिकारी, #गोगनबहादुर हमाल, #जयनारायण आचार्य, #भूपेन्द्र थापा, #मानबहादुर बम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ