स्वास्थ्यको सहसचिवमा सापकोटा र शर्मा बढुवाका लागि सिफारिस
काठमाडौं। स्वास्थ्य सेवाको एघारौँ तह (सहसचिव)मा डा. सूर्यप्रसाद सापकोटा र डा. गुणनिधि शर्मा बढुवाका लागि सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सापकोटा र शर्मालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।
डा. सापकाेटा नेपाल स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूहको एघारौं तहमा बढुवाका लागि सिफारिस भएका छन्। त्यस्तै डा. शर्मा नेपाल स्वास्थ्य सेवा, पब्लिक हेल्थ एडमिनिस्ट्रेशन समूहको एघारौं तहमा बढुवाका लागि सिफारिस भएका हुन्। कार्यक्षमताको मूल्यांकनद्वारा उनीहरू बढुवा सिफारिस भएका हुन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस