जलेर ध्वस्त भएको संसद् भवनमा करारका कर्मचारीको मनमौजी
काठमाडौं। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जलेर ध्वस्त भएको छ। उक्त सम्मेलन केन्द्रमा एक जना करारका कर्मचारीको भने मनमौजी चलिरहेको पाइन्छ। खोटाङ ऐसेलुखर्कका चिरञ्जीवी बुढाथोकी करारका अधिकृत हुन्। उनै करारका कर्मचारी बुढाथोकीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्रोत साधन दुरूपयोग गर्दै आएको आरोप लाग्न थालेको छ।
स्थायी कर्मचारीलाई भन्दा उनै बुढाथोकीलाई बढी सेवा सुविधा दिएको देखिन्छ। कहिले गार्डेन सुपरभाइजर त कहिले परामर्शदातामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भर्ति भएका बुढाथोकीले पहिला अपाची मोटरसाइकल चढेर हिँड्थे। ‘जेन-जी’ आन्दोलनका क्रममा उक्त मोटरसाइकल जलेपछि ६२५७ नम्बरको बजाजको डिस्कोभर चढेर हिँड्न थाले। पुस मसान्तमै करार अवधि सकिएका बुढाथोकीले अहिलेसम्म उक्त मोटरसाइकल फिर्ता गरेका छैनन्।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाममा ९५ हजार रुपैयाँमा किनिएको ‘सामसुङ ग्यालेक्सी एस-२४ एफई’ मोबाइल समेत बुढाथोकीले निजी बनाएर बोकेका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै कार्यरत रहँदा काठमाडौं गोकर्णेश्वरको नयाँपाटीमा घर-घडेरी जोडेका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मर्मत सम्भारका नाममा प्याकेजमा ठेक्का लगाउने भूमिकामा समेत बुढाथोकी जोडिएको पाइन्छ। आफन्त अमिसा बुढाथोकीलाई समेत करारको लेेखापालमा जागिर खुवाएका अविवाहित बुढाथोकी बाल-बच्चा पाल्न जागिर खानु पऱ्यो भनेर प्रधानमन्त्री सुशीला कार्की भेटाइदिन हारगुहार गरिरहेको सूचना प्राप्त भएको छ।
समाचारको विषयलाई लिएर पत्रकारसँग धम्कीको भाषा प्रयोग गर्ने उनै बुढाथोकी खरिददेखि स्रोत साधन दुरुपयोगमा अग्रस्थानमा रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उनको गतिविधिमा बेखबर देखिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस