सिडिओ भइसकेका सापकोटा र रेग्मीलाई आधिकारिकता दिदा निरौला फुत्त छिरे


काठमाडौं। सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भइसकेका महेन्द्रकुमार सापकोटा र शम्भुप्रसाद रेग्मीलाई आधिकारिता दिदा डमरूप्रसाद निरौला सरूवा सूचीमा छिरेका छन्। सहसचिवमा सिफारिस हुनेवित्तिकै सापकोटालाई सल्यान र रेग्मीलाई नुवाकोटको सिडिओ बनाएर पठाइएको थियो। सहसचिवमा बढुवा भएपछि सापकोटा र रेग्मीलाई आधिकारिकता दिन गृह मन्त्रालय वा अन्तर्गत सरूवा गरिएको हो। उक्त मौकामा निरौलाले मौकाको फाइदा उठाउँदै जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर जान सफल भएका छन्।

निरौलासँगै सहसचिवमा बढुवा भएका कृष्णप्रसाद खनाल, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा र राजन राई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कै अतिरिक्त समूहमा रहेका छन्। उनी भने प्रमुख प्रशासकीय अधिकृत बनेर जान सफल भएका हुन्।

मन्त्रिपरिषद्को बैठकले प्राविधिक सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिषकुमार अर्याल, रामकुमार श्रेष्ठ र गौरीकुमार श्रेष्ठलाई सहरी विकास मन्त्रालय वा अन्तर्गत सरूवा गरेको छ। प्रशासन सेवाबाट भने निरौलाले बाजी मारेका हुन्। डेढ दर्जन सहसचिव सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा हल्लिरहँदा निरौला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ