सहसचिवको स्वाद चाख्न नपाइ घर गए लक्ष्मण थापा


काठमाडौं। लक्ष्मण विक्रम थापा सहसचिवको स्वाद चाख्न नपाइ घर गएका छन्। सहसचिवमा बढुवा भएको एक हप्तामा ५८ वर्ष लागेर थापा अनिवार्य अवकाशमा गएका हुन्।

माघको दोस्रो साता सहसचिवमा बढुवा भएका थापा ५८ वर्ष लागेर २५ गते अनिवार्य अवकाशमा गएका छन्। जेष्ठताका आधारमा सहसचिवमा बढुवा भएका थापा सहसचिवमा उक्निलेबित्तिकै अनिवार्य अवकाशमा गएका हुन्।

सहसचिवमा बढुवा हुनुभन्दा अघि थापा काठमाडौंको जिल्ला समन्वय अधिकारीको भूमिकामा थिए। सहसचिवमा बढुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएसँगै उनी अनिवार्य अवकाशमा गएका हुन्। २०२४ साल माघ २५ गते जन्मिएका २८ वर्ष बढी सरकारी सेवामा बिताएर अनिवार्य अवकाशमा गएका छन्। २०६८ चैतमा उपसचिव भएका थापा प्रशासन सेवाको सहसचिव बढुवा हुनेबित्तिकै घर गएका हुन्। लामो समय सरकारी सेवामा बिताएका थापा सहसचिवको असली स्वाद नचाखीकन अनिवार्य अवकाशमा गएका छन्। थापाको पेन्सन भने बढेको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मण विक्रम थापा, #सहसचिव लक्ष्मण थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ