सरकार विचौलियाले चलाउन थालेको अख्तियार प्रमुख राईको टिप्पणी
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकार विचौलियाले चलाउन थालेको अख्तियार प्रमुख राईको टिप्पणी गरेका छन्। अख्तियारको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले उक्त टिप्पणी गरेका हुन्। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका विशिष व्यक्तिलाई अगाडि राखेर राईले सरकार विचौलियाले चलाउन थालेको टिप्पणी गरेका छन्।
विचौलियाले सरकार र सरकारका सबै निकायलाई आफ्नो नियन्त्रणमा लिइ तिनकै इशारामा चलाउन थालेको हुँदा राज्य सञ्चालकहरूले सबै क्षेत्रमा विचौलिया निषेध गर्न नसकेमा सुशासन नारामा मात्र सीमित हुने प्रमुख आयुक्त राईको निष्कर्ष छ।
विगत ५/ १० वर्षदेखि बजेट निर्माण, योजना निर्माण, महत्त्वपूर्ण निकायको नियुक्ति, सरूवा, बढुवा, मन्त्रीहरू नियुक्ति, सरकार परिवर्तनसम्मका कार्यका लागि शक्तिशाली विचौलियाहरू प्रभाव बढ्दै गएको आम बुझाइ रहेको उनको भनाइ छ। सरकार नै विचौलियाले चलाउने गरेको विषयमा सुशासन नारामा मात्र सीमित हुने प्रमुख आयुक्त राईको निष्कर्ष छ। विगतमा फ्रन्टलाइनबाट सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा साना खालका काममा सहजीकरणको लागि विचौलियाले काम गर्ने गरेकोमा अहिले सरकार नै परिवर्तन गर्ने र चलाउने विचौलिया रहेको प्रमुख आयुक्त राईको ठहर छ।
जिम्मेवार निकाय तथा पदाधिकारीहरूले नियम, कानुन, कार्यविधि, मापदण्ड, र नागरिक वडापत्र पालना नगर्ने, सेवा प्रवाहमा विचौलिया प्रवेश गराउने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएको राईले सुनाए। कर्मचारी नियुक्तिमा मिलेमतो गर्ने, आधार र मापदण्ड बिना बढुवा गर्ने, सरकारी सवारीसाधन र इन्धन दुरूपयोग गर्ने, पूर्ण वा आंशिक स्वामित्व भएका निकाय वा संगठित संस्थाको नियमित लेखापरीक्षण नगराउने असुलउपर र नियमित गर्नुपर्नेमा आलटाल गर्ने जस्ता प्रवृत्ति समेत आयोगमा पर्ने उजुरीबाट देखिने गरेको उनको भनाइ छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस