ललितपुरमा ‘नेशनल चेष्ट सेन्टर’ स्थापना


ललितपुर । ललितपुर महानगरपालिका–१३, मानभवनमा स्वासप्रश्वास सम्बन्धी रोगका बिरामीलाई लक्षित गर्दै “नेशनल चेष्ट सेन्टर” स्थापना गरिएको छ। नेपालमै पहिलो पटक स्वासप्रश्वास रोगमा केन्द्रित भएर बहुआयामिक सेवा दिने छुट्टै चेष्ट सेन्टर सुरु गरिएको हाे ।

सेन्टरले विशेषज्ञ चिकित्सकमार्फत सिओपीडी, दम, क्षयरोग, एलर्जी तथा अन्य दीर्घकालीन फोक्सो रोगको परीक्षण र उपचार सेवा प्रदान गर्ने जनाएको छ। यहाँ फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे, एलर्जी परीक्षण, कोभिड–१९ पश्चात फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श, अत्याधुनिक प्रयोगशाला सेवा तथा आफ्नै फार्मेसी सुविधा उपलब्ध गराइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस स्वासप्रश्वास रोगबाट प्रभावित हुने गरेका छन्। नेपालमा पनि करिब १२ प्रतिशत वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन स्वासप्रश्वास समस्या रहेको विभिन्न अध्ययनले देखाएकाे छ । वायु प्रदूषण, धूम्रपान, जैविक इन्धनको प्रयोग तथा कोभिड–१९ पछिको असरले समस्या झन् बढ्दो क्रममा रहेको चिकित्सक बताउँछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ