वाणिज्य सचिव रिक्त, राष्ट्रपति कार्यालयमा पनि सचिव रिक्त हुँदै


काठमाडौं। वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिवविहीन भएको छ। उक्त मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै सचिव रिक्त भएको हो। घिमिरे फागुन ९ गतेबाट अनिवार्य अकाशमा गएका हुन्। सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालय हेर्ने गरी अर्को सचिव पठाइसकेको छैन।

महादेव पन्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेपनि वाणिज्य मन्त्रालय सचिवविहीन भएको छ। पन्थ साढे दुई महिना बढीदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘पेण्डुलम’ बनेर बसिरहेका छन्। तर, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने सचिवविहीन बनेको हो।

राष्ट्रपति कार्यालयका सचिव डा. हरिप्रसाद लम्साल पनि ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका छन्। लम्साल फागुन २३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी पनि ५८ वर्ष लागेर सरकारी सेवाबाट बिदा भएर घर जान लागेका हुन्। मन्त्रिपरिषद्को बैठकले लम्साललाई अनिवार्य अवकाशको जानकारी दिइसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ