३० होइन ३१ हजार मतान्तरले चुनाव हारे महेश बस्नेतले
काठमाडौं। प्रतिनिधिसभा भक्तपुर दुईबाट नेकपा एमालेका उम्मेदवार बनेका महेश बस्नेत ३२ हजार मतान्तरले पराजित भएका छन्। ३० हजार मतान्तरले विजयी हुने सार्वजनिक अभिव्यक्ति दिएका बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीसँग नराम्रो हार चाखेका छन्। उल्टै बस्नेत खत्रीसँग ३२ हजार मतान्तरले पराजित भएका हुन्।
भक्तपुर मतदातामाथि अवमूल्यन हुने गरी अभिव्यक्ति दिएका बस्नेतलाई त्यहाँका जनताले फराकिलो मतान्तरले हराइदिएका छन्। बस्नेतले १०९९६ हजार मत ल्याउदा खत्रीले ४२३३४ मत प्राप्त गरेका छन्। बस्नेत र खत्रीबीच ३१३३८ मतान्तर रहेको छ। खत्रीले जित्ने होइन हार्ने मत चाहिँ झन्डै मिलाएका छन्।
भोजपुरका खत्रीले भक्तपुरका बस्नेतलाई भक्तपुरबाटै हराइदिएका हुन्। भक्तपुरका जनता गुण्डाराजभन्दा सुशासन र भ्रष्टाचारविरुद्ध रहेको सन्देश दिएको टिप्पणी हुन थालेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस