सर्वोच्चलाई चुनौती दिँदै कांग्रेसले गऱ्यो केसीदेखि डा. यादवसम्मलाई समानुपातिक सांसद बनाउने निर्णय
काठमाडौं। विधिको शासन र अदालतको आदेशलाई सम्मान गर्ने भनिएको नेपाली कांग्रेसले अदालतको आदेशलाई चुनौती दिँदै अर्जुननरसिंह केसीदेखि डा. चन्द्रमोहन यादवसम्मलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। सांसद र मन्त्री भइसकेका समानुपातिक सांसद नबाउने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो। तर, कांग्रेसले पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसदद्वय भीष्मराज आङ्देम्बे र डा. चन्द्रमोहन यादवलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
कांग्रेसबाट समानुपातिकमा परेका केसी पटक-पटक मन्त्री र सांसद भइसकेका व्यक्ति हुन्। उनी कांग्रेस सभापति गगनकुमार थापाका ससुरा हुन्। उनै तरमारा केसीलाई नेपाली कांग्रेसले खस आर्य कोटाबाट समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। पूर्वसांसद भीष्मराज आङ्देम्बेलाई पनि नेपाली कांग्रेसले आदिवासी/जनजाति कोटाबाट समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। पूर्वसांसद डा. चन्द्रमोहन यादवलाई समेत नेपाली कांग्रेसले समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्। नेपाली कांग्रेसले चन्द्रमोहनलाई समानुपातिकमा पटक-पटक अवसर दिएको छ।
पटक-पटक मन्त्री/सांसद भइसकेका, उच्च आर्थिक र सामाजिक हैसियत बनाएका सो वर्गका माथिल्लो तह (क्रिमी लेयर) मा रहेका व्यक्तिहरूलाई समानुपातिक सांसद बन्नबाट रोक्ने गरी कानुन परिमार्जन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो। तर, नेपाली कांग्रेसले पूर्वसांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र डा. चन्द्रमोहन यादवलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेसको समानुपातिकभित्र तरमार वर्गकै हालिमुहाली भएको छ।
नेपाली कांग्रेसले पूर्वराष्ट्रपति रामवरण यादवका छोरा मात्र होइन भतिजी रेखा यादवलाई पनि समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। बिमलेन्द्र निधिले धनुषाबाट चुनाव हारेपनि भाञ्जी निनुकुमारी कर्णलाई समानुपातिक सांसद बनाउन सफल भएका छन्। त्यस्तै पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि नेपाली कांग्रेसले समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। यस्तै तरमारा वर्गको कब्जामा समानुपातिक प्रणाली पुगेको हो।
नेपाली कांग्रेसले खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, सीता थपलिया र गंगा शाहीलाई सांसद बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा र सुनिताकुमारी सुवेदी समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपालीलाई समानुपातिक सांसद बनाउने निर्णय कांग्रेसले गरेको छ। नेपाली कांग्रेसले थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन लाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
निर्वाचन आयोगले अदालतको निर्देशनात्मक आदेशलाई सम्मान गरेर कार्यान्वयनमा लग्यो भने अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र डा. चन्द्रमोहन यादव नेपाली कांग्रेसबाट समानुपातिक सांसद नबन्न सक्छन्। निर्वाचन आयोगले अदालतले मन्त्री र सांसद भइसकेकालाई समानुपातिक सांसद नबनाउन दिएको निर्देशनात्मक आदेशलाई पालना गरे यी तरमाराहरूको हालिमुहाली र मनपरीतन्त्र समाप्त हुने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस