बालेन सरकार आउने भएपछि बसुन्धराको अवैध संरचनामा बल्ल चल्यो प्राधिकरणको डोजर


काठमाडौं। टोखा नगरपालिका वडा नम्बर-७ बसुन्धरा दाहालगौंडाको अवैध संरचनामा काठमाडौं उपत्यका विकास प्राधिकरण डोजर चलेको छ। टोखा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले अतिक्रमण गरेर टहरा बनाइ भाडामा लगाएका थिए। उक्त अवैध संरचनामा सोमबार महानगरले डोजर चलाएको हो।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आउने भएपछि प्राधिकरणले हतारहतार डोजर लगाएको हो। यसअघि काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले उक्त ठाउँमा अतिक्रमित संरचना हटाउन खोज्दा उनको सरूवा भएको थियो। सहरी विकास सचिव गोपाल सिग्देल र प्राधिकरणको विकास आयुक्त जानुका ढकालको मिलेमतोमा उनलाई हटाइएको थियो। बालेन सरकार आउने भएपछि हतारमा डोजर लगाएर अतिक्रमित अवैध संरचना भत्काइएको हो।

उक्त क्षेत्रमा १० रोपनी सरकारी/सार्वजनिक जग्गा अतिक्रमण भएको छ। प्राधिकरणको डोजरले ४ रोपनी जग्गाको भएको अतिक्रमण र अवैध संरचना मात्र हटाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले टोखा नगरपालिकालाई उक्त अतिक्रमणको विषयमा जानकारी मागेको थियो। त्यसपछि अधिकारसम्पन्न प्राधिकरणले उक्त क्षेत्रमा डोजर लगाउने तयारी थालेको थियो। तर, कमाण्डर नै हटाइदिएपछि अतिक्रमणकारीहरूलाई हाइसञ्चो भएको थियो। अहिले बालेन सरकार आउने भएपछि मात्र लोकलाजका लागि डोजर लगाएर उक्त सार्वजनिक/सरकारी जग्गामा भएको अतिक्रमण हटाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ