प्रधानमन्त्री स्वास्थ्य प्रतिष्ठानको कुलपति रहने व्यवस्था हटाउँदै बालेन



काठमाडौं। बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयको कुलपति बन्ने व्यवस्था हटाउने तयारी गरेका छन्। प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थाको आलोचना भइरहँदा बालेनले उक्त व्यवस्था हटाउन लागेका हुन्। बालेन पहिलो घोषणामै उक्त विषयलाई समेट्न खोजेका छन्।

प्रधानमन्त्रीको सपथलगत्तै बालेनले विश्वविद्यालय सुधारको प्रयासस्वरूप उक्त घोषणा गर्ने तयारी थालेका छन्। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको स्रोतले बतायो। अहिले विभिन्न विश्वविद्यालयदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ। प्रधानमन्त्रीले समय नदिँदा विश्वविद्यालयले राम्रोसँग काम गर्न नसकेको भनेर टिकाटिप्पणी हुँदै आएको सुनिन्छ। बाहिरबाटै कुलपति नियुक्ति गरेर विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि बालेनले प्रधानमन्त्री कुलपति रहने नीतिगत र कानुन व्यवस्था हटाउन लागेका हुन्। यसले विश्वविद्यालयमा ठूलो सुधार हुने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ