ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गर्दा पनि गरिएको थियो सबै राजनीतिक नियुक्ति खारेज
काठमाडौं। तत्कालीन राजा ज्ञानेन्द्र वीर विक्रम शाहले सत्ता हस्तान्तरण गरेपछि सबै राजनीतिक नियुक्ति खारेज गरिएको थियो।’जेन-जी’ आन्दोलनपछिको नयाँ परिवेशमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ। मुलुकले शुक्रबार नयाँ प्रधानमन्त्री पाउने भएको हो।
बालेन प्रधानमन्त्रीका बन्नुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पुरानाे सरकारबाट राजनीतिक नियुक्ति खाएकाहरूले मार्ग प्रशस्त गर्नु पर्ने अभिव्यक्ति दिन थालेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेसँगै उनीबाट राजनीतिक नियुक्ति लिएका धेरैले राजीनामा दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि त्यस्तै अपेक्षा गरेको पाइन्छ।
कांग्रेस-एमालेको सरकार विवादित पात्रहरूलाई राजनीतिक नियुक्ति गरेको थियो। धितोपत्र बोर्डदेखि बीमा प्राधिकरणसम्मका नियुक्तिहरू विवादमा तानिएका थिए। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायतको नियुक्ति पनि चरम विवादित बनेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा राजनीतिक नियुक्ति गरेका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ पनि विवादित बनेका छन्। यस्ता बेथितिपूर्ण निर्णयलाई बालेन सरकारले सच्याउने अपेक्षा गरिएको छ।
ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेलगत्तै राजनीतिक नियुक्ति खाएकाले केहीले राजीनामा दिएका थिए। राजीनामा नदिएका सबै राजनीतिक नियुक्ति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले खारेज गरेको थियो। अहिले पनि परिस्थिति त्यस्तै बनेकाे छ। प्रधानमन्त्री बालेनले के गर्छन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस