सबै मन्त्रालयबाट बिदाइ भए पर्यटनमन्त्री सिन्हा
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा बिदाई भएका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा सबैभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालेका सिन्हा बिदाइ भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री सिन्हा बिहीबार बिदाइ भएका छन्।
बिदाइ कार्यक्रममा मन्त्री सिन्हाले कर्मचारीहरू भनेको देशको सम्पति र देश विकासको माध्यम बताएका छन्। यसलाई सही दिशामा आगामी दिनमा राजनीतिक नेतृत्वले परिचालन गर्नुपर्ने उनको भनाइ छ।
‘मैले न्यायपालिका, कार्यपालिकाको अनुभव त लिए लिए विधेयक उपर राष्ट्रिय सभामा छलफलमा गै व्यवस्थापिकाको समेत अनुभव हासिल गर्ने अवसर प्राप्त गरे’, मन्त्री सिन्हाले भने।
भदौ २३र २४ गते सहादत प्राप्त गर्ने शहिदहरूको सम्मान स्वरूप आफूहरूले आमनिर्वाचन गर्ने जिम्मा पूरा गरेको मन्त्री सिन्हाले बताए। अब ‘जेन-जी’ आन्दोलनको मर्म र भावना अनुकूल सेवा नयाँ सरकारको रफ्तार बमोजिम कर्मचारीले सम्पन्न गर्नुपर्ने मन्त्री सिन्हाको धारणा छ। पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मंसीर २८ देखि १०५ दिनमा भएका महत्त्वपूर्ण निर्णय बारे चर्चा गरेका थिए। कानुन मन्त्रालय, उद्योग र ऊर्जाबाट पनि मन्त्री सिन्हा बिदा भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस