यी हुन् बालेन सरकारका १५ मन्त्री


काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा १५ मन्त्रीले सपथ खाएका छन्। प्रधानमन्त्री बालेनले सपथ ग्रहण गरेलगत्तै १५ मन्त्रीले सपथ खाएका हुन्।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राखेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना बनेका छन्।

उर्जा, जलस्रोत तथा सिँचाई विराजभक्त श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनको जिम्मेवारी खड्क (गणेश) पौडेल र सस्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय मन्त्री बनेका छन्। निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्री बनेकी हुन्। गीता चौधरी कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्री बनेकी छिन्।

सोबिता गौतम कानुन न्याय तथा संसदीय मामिला मन्त्री र दिपक साह श्रम रोजगार मन्त्री र सीता वादी महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ