शिक्षामन्त्री सस्मित पोखरेल बने सरकारको प्रवक्ता
काठमाडौं। शिक्षामन्त्रीमा सस्मित पोखरेल सरकारको प्रवक्ता तोकिएका छन्। बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्री सस्मितलाई सरकारको प्रवक्ता तोकेको हो। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने चलन थियो। सञ्चारमन्त्री बिक्रम तिमल्सिना भएपनि सस्मितलाई सरकारको प्रवक्ता तोकिएको हो।
बालेनका विश्वासपात्र सस्मित स्पष्ट वक्ता हुन्। काठमाडौं महानगरपालिकामा १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने ‘आर्किटेक्ट’ नै उनै हुन् भन्दा फरक पर्दैन। उनै बालेनका विश्वासपात्र सस्मितलाई परम्परा तोड्दै सरकारको प्रवक्ता तोकिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस