आफ्नो स्पिरिटअनुसार चल्न नसक्ने कर्मचारीलाई राजीनामा दिन प्रधानमन्त्री बालेनको सुझाव
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो स्पिरिट अनुसार चल्न नसक्ने कर्मचारीलाई राजीनामा दिन सुझाव दिएका छन्। कर्मचारीहरू छलफल गर्दै मुलुक परिवर्तनका लागि धेरै छिटोसँग दौडनु पर्ने अवस्था रहेको भन्दै आफ्नो स्पिरिट अनुसार चल्न नसक्ने कर्मचारीलाई राजीनामा दिन सुझाव दिएका छन्।
एक सचिवका अनुसार प्रधानमन्त्री बालेनले लोक सेवा आयोग उत्तीर्ण गरेर आएका कर्मचारीको क्षमतामाथि आफू विश्वस्त रहेको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो स्पिरिट अनुसार हिँड्न नसक्ने कर्मचारीलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न उनले आग्रह गरेको ती सचिवको भनाइ छ। प्रधानमन्त्री बालेनले लोक सेवा आयोगबाट आएका कर्मचारीको उच्च सम्मान गर्दै काम गर्न नसक्ने कर्मचारीलाई हार्दिकता पूर्वक बिदाइ गर्न खोजेको पाइन्छ। उनले उच्च पदस्थ कर्मचारीसँगको पहिलो छलफलमै उक्त विषय प्रस्ट रूपमा राखेका छन्।
प्रधानमन्त्री बालेनले आईटी सम्बन्धी एकीकृत रूपमा काम गर्न एक महिनाभित्र सूचना प्रविधि कार्यालय बनाउन निर्देशन दिएका छन्। उनले सबै काम गर्ने गरी सूचना प्रविधि कार्यालय स्थापना गर्न निर्देशन दिएका हुन्। कर्मचारीले एक महिनाभित्र उक्त कार्य गर्न सकिन्छ भनेपछि प्रधानमन्त्री बालेनले मागेको समयभन्दा एक दिन तलमाथि हुन नहुने धारणा राखेका थिए। केही गरौं भन्ने हुटहुटी देखाएका बालेनले पहिलो दिन नै डिजिटल सरकारमा ‘फोकस’ देखाएका छन्।


तपाईको प्रतिक्रिया दिनुहोस