नागरिकलाई सास्ती हुनेगरी मन्त्रीकाे गाडीलाई विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई गृहमन्त्री गुरूङकाे निर्देशन 

'हतार भए मन्त्री समयमै निस्किनुपर्ने'


काठमाडौं। गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन्। शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘जनतालाई दुख दिने गरि भिआईपीलाई स्पेसल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्याे । हामी नागरिककाे सेवक हाे,´ मन्त्री गुरूङले भने । गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भिआईपी सवारीका नाममा आम नागरिकलाई दुख नदिन निर्देशन दिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ