भदौं २४ गतेको घटना छानबिन गर्न छुट्टै उच्चस्तरीय समिति गठन गर्ने बालेन सरकारको निर्णय
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २०८२ भदौं २४ गतेको घटना छानबिन गर्न छुट्टै समिति बनाउने भएको छ। भदौं २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने बालेन सरकारको निर्णय छ। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवारी पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा थप कारबाही प्रक्रिया अघि बढाउने बालेन सरकारले निर्णय गरेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस