शिक्षामन्त्री सस्मित पोखरेलको ‘नेम-प्लेट’ले उदांगिएको शिक्षा मन्त्रालयको प्रशासन


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री सस्मित पोखरेलको ‘नेम-प्लेट’ समेत मन्त्रालयको प्रशासनले व्यवस्थापन गर्न सकेको छैन। सस्मितले उक्त मन्त्रालयको कार्यभार सम्हालेको ७२ घण्टा बित्दा समेत शिक्षामन्त्री पोखरेलको नाम र पद कागजमा लेखेर भित्तामा टाँसिएको छ। यसले शिक्षा मन्त्रालयको प्रशासनको व्यवस्थापन क्षमता उदांगिएको हो।

शिक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव अनिता निरौला रहेकी छिन्। प्रशासन हेर्ने उपसचिव तुलसीप्रसाद घिमिरे छन्। लेखाको उपसचिव विष्णुप्रसाद भुसाल हुन्। तर, मन्त्रीको कार्यकक्षमा ‘नेम-प्लेट’ समेत राख्न प्रशासन महाशाखाले सकेको छैन।
शिक्षा हेर्ने सचिव चूडामणि पौडेल र विज्ञान प्रविधि हेर्ने सचिव रामआधार साह हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रशासन हेरेर शिक्षा मन्त्रालय आएका सचिव पौडेलले समेत मन्त्रीको स्थायी प्रकृतिको ‘नेम-प्लेट’ राख्नुपर्छ भन्ने समेत हेक्का राखेको पाइँदैन।
यो समाचार तयार पार्दासम्म सरकारका प्रवक्ता समेत रहेका पोखरेलको ‘नेम-प्लेट’ कागजी नै रहेको छ। यस्तै प्रशासन राखेर मन्त्री पोखरेलले शिक्षामा परिवर्तन गर्न निकै चुनौतीपूर्ण देखिन्छ। मन्त्री पोखरेलले शिक्षामा सुधारको सुरूवात प्रशासनबाटै गर्नुपर्ने अवस्था रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ