दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्ने बालेन सरकारको अभियान राष्ट्रिय परीक्षा बोर्डबाट सुरू


काठमाडौं। दलीय कर्मचारी संगठन खारेज गर्ने बालेनको अभियानमा राष्ट्रिय परीक्षा बोर्ड सुरू भएको छ। राष्ट्रिय परीक्षा बोर्डमा रहेको कर्मचारी युनियन भंग गरेको अध्यक्ष राजु ओलियाले घोषणा गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नम्बर १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको अध्यक्ष ओलियाले जानकारी दिएका छन्। उक्त १२ नम्बर बुँदामा ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने । यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कडाइका साथ विभागीय कारवाही गर्ने। साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने।’, उल्लेख छ। बालेन सरकारको दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्ने अभियान राष्ट्रिय परीक्षा बोर्डबाट कार्यान्वयनमा आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ