कुमार इङनामले कमिसन-खोर कर्मचारीको भण्डाफोर गरेपछि एक्सन लिने तयारीमा सुनिल लम्साल
काठमाडौं। निवर्तमान सहरी विकासमन्त्री कुमार इङनामले कमिसनखोर प्राविधिक कर्मचारीको भण्डाफोर गरेपछि सुनिल लम्सालले एक्सन लिने तयारी थालेका छन्। इङनामपछि सहरी विकास मन्त्रालयको नेतृत्व गर्न पुगेका लम्सालले कर्मचारीलाई अतिरिक्त शुल्क (कमिसन) नदिन ठेकेदारहरूलाई निर्देशन दिएका हुन्। उक्त निर्देशनसँगै कमिसनखोर कर्मचारीहरूको भागाभाग हुने भएको छ।
मन्त्री लम्सालबाट कुनै तह र तप्काका सरकारी अधिकारीहरूलाई कुनै अतिरिक्त शुल्क नदिन र कुनै पनि सरकारी अधिकारीहरूले त्यस्तो शुल्क मागेको खण्डमा त्यस्ता अधिकारीहरूलाई प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सीधै मन्त्रीलाई जानकारी गराउन निर्माण व्यवसायीलाई निर्देशन प्राप्त भएको नेपाल निर्माण व्यवसायी महासंघकाले खुलासा गरेको छ। निवर्तमान सहरी विकास मन्त्री कुमार इङनामले २ देखि ५ प्रतिशत कमिसनको खेल रहेको तथ्य सार्वजनिक गरिदिएका थिए। उक्त विषयमा सहरी विकास मन्त्रालय सचिव गोपालप्रसाद सिग्देल र सहरी विकास तथा भवन विभागका महानिर्देशक रविन्द्र बोहरा मुछिएका थिए। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले घूस(कमिसन) माग्ने कर्मचारीको विषयमा जानकारी गराउन निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका हुन्। उक्त निर्देशनसँगे कमिसनखोर कर्मचारीहरूको निद हराम भएको छ।
गुणस्तरीय निर्माण कार्यमा अवरोध हुनेगरी पूर्वाधार विकासको क्षेत्रमा व्यापक रूपमा आर्थिक अनियमिततामा हुने गरेको जनगुनासो आएको भन्दै मन्त्री लम्सालले अबका दिनमा निर्माण व्यवसायीहरूलाई निर्माणाधीन आयोजनाका सन्दर्भमा सरकारी अधिकारीहरूलाई कुनै पनि अतिरिक्त शुल्क नदिन आग्रह गरेका छन्। त्यस्तो घूस माग्ने सरकारी कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने मन्त्री लम्सालको तयारी छ।
पूर्वाधार निर्माणमा मिलेमतोमा लागत अनुमान बढाउने, समय लम्ब्याउने, भेरिएसन गर्ने, कमिसन कुम्ल्याउनेलगायतका व्यापक विकृति रहेको मन्त्री इङनामले खुलासा गरेका थिए। लम्साल मन्त्री भएपछि उक्त विकृति रोक्न सक्रिय भएका छन्। मन्त्री लम्साल सुशासन कायम गर्न लागिपरेपछि कमिसन-खोर कर्मचारीहरूको भागाभाग हुने अवस्था आएको हो।
स्टकचरल इन्जिनियर लम्साल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का विश्वासपात्र हुन्। काठमाडौं महानगरपालिकामा बालेनको पूर्वाधार सल्लाहकार रहेका क्षमतावान व्यक्ति लम्साल पूर्वाधार निर्माणका क्षेत्रमा भएको अनियमितताविरूद्ध एक्सनमा उत्रिएका छन्। उनले एक्सन लिनेपछि समयमै पूर्वाधार निर्माणका काम गुणस्तरीय रूपमा हुने आम नागरिकमा विश्वास पलाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस