वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरूवा भएका सहसचिव कँडेलले सामान्य छाडेनन्
काठमाडौं। लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेरा जमाएर बसेका सहसचिव रेशमलाल कँडेलले अहिलेसम्म सामान्यमै डेरा जमाएर बसेका छन्। वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका कँडेल एक महिना नाघिसक्दा पनि सामान्यमै हल्लिरहेको पाइन्छ।
उनीसँगै सरूवा भएका अधिकांश सहसचिवले कमाण्ड सम्हालिसकेका छन्। तर, उनी भने राज्यले खटाएको ठाउँमा जान अटेरी गरेर सामान्यमै बसेका हुन्। कँडेललाई वीरगञ्ज खटाउने सरकार हटेर नयाँ सरकार आइसकेको छ। उनी भने पुरानै सत्ता जस्तो ठानेर सामान्यमै गौडा ढुकेर बसिरहेका छन्। सधैंभरी सामान्यमै बसेर रजगज गरिरहेका कँडेलले रमाना लिन आनाकानी गरिरहेको मन्त्रालय स्रोतले बतायो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस