दाङमा बालेन सरकारको १०० कार्ययोजनाको प्रभाव: अस्पतालको जग्गा अतिक्रमण हटाउन सिडिओको सर्कुलर


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ल्याएको १०० कार्ययोजनाको प्रभाव परेको छ। बालेन सरकारको १०० कार्ययोजना अनुसार जिल्ला प्रशासन कार्यालय दाङले सरकारी जग्गा अतिक्रमण हटाउने अभियान सुरू गरेको हो। सिडिओ कार्यालय दाङले घोराही उपमहानगरपालिका र प्रहरी कार्यालयलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा संरक्षण गर्न सर्कुलर जारी गरेको छ। उक्त सर्कुलरसँगै प्रतिष्ठानको जग्गा अतिक्रमण गरेर बनेको संरचना हटाउने प्रक्रिया अघि बढेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन दिएको थियो। प्रतिष्ठानको जग्गा अतिक्रमण गरी बासुदेव घर्ती, विमला पुनलगायतले संरचना खडा गरेको अख्तियारले जनाएको छ।

राप्ती प्रतिष्ठानको करिब ३ विघा जग्गा भूमाफियाहरूले अवैध कब्जा गरेको पाइन्छ। बालेन सरकार आउनेबित्तिकै राप्ती प्रतिष्ठानको जग्गा अतिक्रमण हटाउन पहल सुरू भएको हो। बालेन सरकारको १०० दिने १०० कार्ययोजना अनुसार राप्ती प्रतिष्ठानको अतिक्रमित जग्गा संरक्षण गर्न सिडिओ कार्यालय तातेको हो। 

दाङमा स्वर्गद्वारी आश्रमको नाममा रहेको सयौं विघा अतिक्रमणमा परेको छ। उक्त जग्गामा भएको अतिक्रमण हटाउन पनि सरकारले पहल गर्नुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ