रामेछापबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । ज्यान जोखिममा परेकी एक गर्भवती महिलालाई रामेछापबाट काठमाडौं हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
रामेछापको मन्थली नगरपालिका–७ निवासी ३५ वर्षीया बेलिमाया तामाङलाई जटिल स्वास्थ्य अवस्था देखिएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
रामेछाप अस्पतालबाट रिफर भई मन्थली अस्पतालमा भर्ना भएकी तामाङ २९ हप्ता ४ दिनकी गर्भवती थिइन्। विगत पाँच दिनदेखि बच्चा नचल्ने समस्या देखिएको थियो।
चिकित्सकहरूका अनुसार गर्भभित्रै बच्चाको मृत्यु भएको र आमाको शरीरमा रगत जम्ने प्रक्रिया असन्तुलित भई अत्यधिक रक्तश्राव हुन सक्ने खतरनाक अवस्था देखिएको कारण थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झाले बताए ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल थप उपचार आवश्यक देखिएकाले उनलाई काठमाडौं स्थित पराेपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा रिफर गरिएको झाको भनाइ छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस