हर्क साम्पाङको धरान जान नमानेको घिमिरेको जनकपुरधाम उपमहानगरपालिकामा सरूवा
काठमाडौं। हर्क साम्पाङ राईले नेतृत्व गर्दा धरान उपमहानगरपालिकामा जान नमानेका सहसचिव ज्ञानहरि घिमिरे जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएका छन्। मन्त्रिपरिषद्ले सहसचिवहरू ज्ञानहरि घिमिरे जनकपुरधाम उपमहानगरपालिकाको प्रशासकीय अधिकृतमा सरूवा गरेको हो।
हर्क साम्पाङ मेयर हुँदा सहसचिव घिमिरेको धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरूवा भएको थियो। तर, उनी धरान जान मानेनन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट धरान उपमहानगरपालिका सरूवा भएका घिमिरे त्यहाँ नगइ निर्वाचन आयोग पुगेका थिए। बालेन सरकारले सहसचिव घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिकामा पठाएको हो। सहसचिव घिमिरे जनकपुरधाम उपमहानगरपालिकामा चाँहि जान्छन् कि जाँदैनन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचारट्याग : #ज्ञानहरि घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस