राजनीतिक नियुक्ति खाएका व्यक्तिलाई पद छाड्न रास्वपा सभापति लामिछानेको आग्रह


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति खाएका व्यक्तिहरूलाई पद छाड्न आग्रह गरेका छन्। संसद्मा सम्बोधन गर्दै उनले राजनीतिक नियुक्ति खाएका सबैलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको स्पिरिटमा काम गर्न सहज हुने गरी रास्वपाले राजनीतिक नियुक्ति खाएकाहरुको राजीनामा माग्ने तयारी गरेको थियो। रास्वपा सभापति लामिछानेले सदनको रोष्टमबाटै औपचारिक रूपमा राजनीतिक नियुक्ति खाएका व्यक्तिहरूको राजीनामा मागेका हुन्।

लामिछानेको आग्रहसँगै १ हजार बढी राजनीतिक नियुक्ति खाएका व्यक्तिहरूको जागिर धरापमा परेको छ। उनीहरूमाथि नैतिक संकट सुरु भएको हो। रास्वपाले औपचारिक आग्रह गरे पद छाड्ने विषयमा सोच्न सकिने बताएका नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समेत लामिछानेको राजीनामा दिन गरेको आग्रहसँग नैतिक संकटमा परेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ