बालेनले काठमाडौं महानगरपालिकामा भोगेका ४ प्रमुख प्रशासकीय अधिकृत, प्रदिपले मात्र जिते मन
काठमाडौं। बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाको मेयर हुँदा ४ प्रमुख प्रशासकीय अधिकृत भोगेका छन्। उनी काठमाडौं महानगरपालिकाको मेयर हुँदा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए। बालेन मेयरमा निर्वाचित भएर पदभार सम्हाल्दा लोकनाथ पौड्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। त्यसपछि वसन्त अधिकारी प्रमुख प्रशासकीय अधिकृत भएर आए। अधिकारी अनियमितता मुछिएपछि उनी सरूवा भएर गए। उनी गएपछि प्रदिप परियार प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदिपको सरूवा गरेर सरोजप्रसाद गुरागाईंलाई पठायो। गुरागाईं ओली कै आडमा महानगरमा राज गर्न सफल भए। बालेनलाई असफल पार्ने उद्देश्यले उनी प्रस्तुत हुँदै आएका थिए।
बालेनले महानगरको कमाण्ड सम्हाल्दा प्रमुख प्रशासकीय अधिकृत रहेका पौड्याललाई सरूवा गरेर संघीय सरकारले अधिकारीलाई पठाइयो। स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारका कर्मचारी भर्ना गर्दा अधिकारीले ‘किर्ते’ गरेपछि बालेनले एक्सन लिएका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका प्रदिपले भने बालेनको विश्वास जित्न सफल भए। बालेनसँग मिलेर काठमाडौं महानगरपालिकामा राम्रै काम गरिरहेका प्रदिपलाई ओली सरकारले हटाएर सरोजप्रसाद गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठायो। गुरागाईंले काठमाडौं ‘भ्यू-टावर’ गडबडी गरेपछि बालेनले एक्सन लिन खोजे। तर, ओली सत्ताको आडमा उनी जबर्जस्ती काठमाडौं महानगरपालिकामै बसे। ढोका फुटाएर कार्यकक्षमा प्रवेश गरेका गुरागाईंले गर्दा बालेनलाई देशको प्रधानमन्त्री बन्ने बाध्यता आइलाग्यो। बालेन यो अवस्थामा आइपुग्न ओली-गुरागाईंको साँठगाँठले पनि भूमिका खेलेको छ।
बालेन अहिले देशको प्रधानमन्त्री छन्। ओलीको आडमा बालेनसँग भिड्ने गुरागाईं काठमाडौं महानगरपालिका कै प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा कार्यरत छन्। प्रदीपलाई विस्थापित गरेका गुरागाईं ५८ वर्ष लागेर साउन २० गते घर जाँदैछन्। प्रदीप भने बालेनको सचिवालय सम्हाल्न पुगेका छन्। प्रदीपभन्दा अगाडि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी अहिले मकवानपुरको सिडिओ हुन्। अधिकारीभन्दा अगाडिका प्रमुख प्रशासकीय अधिकृत पौड्याल युवा तथा खेलकुद मन्त्रालयमा सचिव भूमिकामा कार्यरत छन्। उनी साउनमा ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्।
बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा तिक्ततापूर्ण सम्बन्ध रहेका तथा गम्भीर ‘चार्ज’ लागेका अधिकारी र गुरागाईंलाई उनले चाहे भने विगतको कसुरमा सहजै छानबिन गर्न सक्छन्। किर्तेको हकमा सिआईबी र अनियमितताको हकमा राष्ट्रिय सतर्कता केन्द्रमार्फत बालेनले एक्सन लिन सक्छन्। भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेका प्रधानमन्त्री बालेनले उक्त विषयमा के गर्छन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस