“थेत्तरा” अस्पताल विकास समिति अध्यक्षहरू: पद छाड्ने कि लिसोझैँ टाँसिने ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै यश अगाडीका सरकारको पालामा राजनीतिक नियुक्ति खाएका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ।

रास्वपाको अनुरोधपछि राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजीनामा दिइसकेका छन्।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा समेत स्वीकृत गरिसकेको छ। धर्मेन्द्रले उच्च नैतिकता प्रस्तुत गर्दा सञ्चारमा राजनीतिक नियुक्ति खाएका अन्य पदाधिकारीहरू भने चुपचाप छन्।

यता स्वास्थ्य क्षेत्रमा भएको राजनीतिक नियुक्तिबाट अवसर पाएकाहरु राजिनामाकाे कुरा समेत सुन्न चाहदैनन् । दुई तिहाइ नजिकैको सरकार र राजिनामा दिन गरिएको अनुराेधले स्वास्थ्यमा राजिनामा नियुक्ति खाएकालाई सपनामा समेत तर्साउन थालेको छ ।

दर्जन बढी अस्पताल विकास समिति र त्यहाँ नियुक्त भएका अध्यक्ष तथा सयाैंकाे संख्याका सदस्यहरुले राजिनामा दिने साेच समेत बनाएका छैनन् । थेत्तरा अस्पताल विकास समिति अध्यक्ष सदस्यलाइ पद छाड्ने कि लिसोझैँ टाँसिने ? भन्दै प्रश्न उठ्न थालेकाे छ ।

संघीय अस्पताल विकास समितिका अध्यक्षहरू ‘नैतिक दबाब’ मा परेका छन्। अब प्रश्न उठेको छ—सम्मानजनक रूपमा पद छाड्ने कि लिसोझैँ टाँसिएर बस्ने?

अस्पताल विकास समिति  गठन आदेश, २०७६ को दफा ३ (२) (क) मा व्यवस्था भए अनुसार मन्त्री र मन्त्रिपरिषद्को सिफारिसमा ३–४ वर्षे राजनीतिक नियुक्ति हुँदै आएको छ।

“थेत्तरा” अस्पताल विकास समिति अध्यक्ष

📌डडेलधुरा अस्पताल – करुणाकर ओझा (२०८३/०२/०३)📌नारायणी अस्पताल – धिरज कुमार गुप्ता (२०८३/०७/१६)
📌भरतपुर अस्पताल – डा. ढुण्डीराज पौडेल (२०८३/०३/०४)
📌भेरी अस्पताल – विरेन्द्र बहादुर शाह (२०८३/०३/१७)
📌जि.पी. कोइराला स्वासप्रश्वास उपचार केन्द्र – डा. केशर 📌बहादुर ढकाल (मिति खुलाइएको छैन)
📌अङ्ग प्रत्यारोपण समन्वय समिति – प्रा.डा. अमिर बाबु श्रेष्ठ (२०८४/०७/२१)
📌वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल – डा. विजयराज न्यौपाने (२०८२/१२/१९)
📌भक्तपुर क्यान्सर अस्पताल – डा. उज्वल चालिसे (२०८६/०४/११)
📌कोशी अस्पताल – डा. फरवड सिलवाल (२०८३/०३/२५)
📌कान्ति बाल अस्पताल – श्रीराम सुवेदी (२०८३/०९/०६)
📌शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र – डा. केशर बहादुर ढकाल (२०८२/०६/३०)
📌मानसिक अस्पताल – डा. जयकृष्ण पौडेल (२०८४/०४/१४)
📌नरदेवी आयुर्वेद चिकित्सालय – सुरेश थापा (२०८४/०४/०१)
📌परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल – डा. सरोजा कार्की पाण्डे (२०८३/१२/०१)
📌शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – डा. दिपेन्द्र रमण सिंह (२०८४/११/१९)
📌स्वास्थ्य बीमा बोर्ड – चन्द्र बहादुर थापा क्षेत्री (२०८६/१२/११)
📌रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (पूर्वाधार समिति) – प्रा.डा. पशुपति चौधरी (२०८३/१२/२२)

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ##mohp nepal, #गजेन्द्रनारायण सिहं अस्पताल, #डडेलधुरा अस्पताल, #पाटन अस्पताल, #प्रसुति गृह, #भरतपुर अस्पताल, #भेरी अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ