उद्योग मन्त्रालयमा फर्किएर आए सचिव राउत, बुर्लाकोटी उद्योगबाट आउट


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव राउत फर्किएर आएका छन्। मधुसुदन बुर्लाकोटीलाई उद्योग सचिवको कुर्सी छाडेर निर्वाचन आयोग गएका सचिव राउत ४ महिनापछि फर्किएर आएका हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट उद्योग सचिव भएर आएका बुर्लाकोटी राउतलाई कुर्सी फिर्ता दिएर निर्वाचन आयोग गएका छन्। बुर्लाकोटी अहिले भएका सचिवमध्ये सबैभन्दा बढी सरूवा हुनेमा पर्छन्। उनी जहिल्यै भकुण्डो बनिरहेका छन्। वाणिज्य तथा आपूर्ति सचिव बनेर छोटो समय त्यहीँ मन्त्रालयमा बसेका बुर्लाकोटी राष्ट्रिय तथ्याङ्क कार्यालय हुँदै उद्योगमा आएका थिए। अहिले वाणिज्य तथा आपूर्ति समेत हेर्नुपर्ने भएकाले सचिव राउतलाई ल्याइएको हो।

महादेव पन्थले पार नलगाउने भएपछि राउतलाई निर्वाचन आयोग लगिएको हो। उनले आफ्नो ‘टाक्स’ पूरा गरेर उद्योग मन्त्रालय फर्किएका छन्। राउत निर्णय गर्न नडराउने सचिवमा पर्छन्। अहिलेको सरकारलाई निर्णय गर्न सक्ने सचिव चाहिएकाले राउतलाई उद्योगमा ल्याएको चर्चा छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्। बालेनले सम्हालेको मन्त्रालयमा सचिव राउतलाई ल्याइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ