काभ्रेको रोशी पुगेका गृहमन्त्री गुरूङद्वारा अवैध क्रसर तुरून्त बन्द गर्न निर्देशन
काठमाडौं। काभ्रेपलाञ्चोकको रोशी पुगेका गृहमन्त्री सुधन गुरुङले अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। दलबलसहित रोशी पुगेका गुरूङले अवैध क्रसर तुरून्त बन्द गर्न निर्देशन दिएका हुन्।
गिट्टी, बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो व्यक्त गरेका छन्। पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको भन्दै गृहमन्त्री गुरुङले अब यस्तो गतिविधि गर्न आफूले रोक्ने स्पष्ट पारेका हुन्। काभ्रेपलाञ्चोकको रोशीमा अवैध कसर चलेको गुनासो आएपछि गृहमन्त्री गुरूङ मंगलबार फिल्डमा पुगेका हुन्। फिल्डमै पुगेका उनले अवैध क्रसर तुरून्त बन्द गर्न प्रशासनलाई निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस