एक मिनेटको बाटोमा सरूवा भएको एक वर्षमा पनि पुगिनन् वरिष्ठ औषधि व्यवस्थापक संचिता जोशी
काठमाडौं। राष्ट्रिय औषधि प्रयोगशालामा र औषधि व्यवस्था विभागबीच १ मिनेटको दूरी छ। एउटै प्राङ्गणमा दुई कार्यालय रहेका छन्। तर, राष्ट्रिय औषधि प्रयोगशालाबाट झन्डै एक वर्ष अघि सरूवा भएकी संचिता जोशी औषधि व्यवस्था विभाग पुगेकी छैनन्। एक मिनेटको बाटो रहेको कार्यालयमा १ वर्ष हुन लाग्दा पनि जोशी नपुगेकी हुन्।
नेपाल स्वास्थ्य सेवा फार्मेसी समूहको वरिष्ठ औषधि व्यवस्थापक दशौं तहकी जोशी सचिवस्तरीय निर्णयबाट २०८२ बैशाख १० गते सरूवा भएकी थिइन्। राष्ट्रिय औषधि प्रयोगशालाबाट उनको सरूवा औषधि व्यवस्था विभाग भएको देखिन्छ। तर, जोशी एक वर्षसम्म पनि प्रयोगशालाबाट विभाग पुगेकी छैनन्।
राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले जोशी प्रयोगशालामै कार्यरत रहेको बताए। दरबन्दी खाली नभएकाले उनी नगएको भट्टराईको दाबी छ। तर, भट्टराईले नै रमाना नदिएकाले उनी प्रयोगशालामै बसिरहेका आरोप लाग्न थालेको छ।
सरूवा भएको ठाउँमा १ वर्षसम्म पनि हाजिर नहुनु वा रमाना नदिनु कुशासनको पराकाष्ठा हो। सुशासन कायम गर्न गठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आइसक्दा पनि १ वर्ष अघिको सरूवा कार्यान्वयन नहुनु छानबिनको विषय हो। उक्त विषयमा सम्बन्धित निकायले एक्सन लिनुपर्छ। २१ दिनभित्र सरूवा भएको ठाउँमा हाजिर हुनुपर्नेमा १ वर्षसम्म अड्काएर राख्नु र सरूवा कार्यान्वयन नहुनु गम्भीर विषय हो। औषधितिर यस्ता बेथिति हजारौं छन्। यो एउटा उदाहरण मात्र हो।
क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ औषधि व्यवस्थापक, #संचिता जोशी


तपाईको प्रतिक्रिया दिनुहोस