श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा पुनर्नियुक्ति गरेको प्रकरणमा श्रममन्त्री साहमाथि एक्सन लिने रास्वपाको तयारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई मन्त्रीबाट फिर्ता बोलाउने गरी छलफल थालेको छ। श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनर्नियुक्ति गरेको विषयलाई लिएर श्रममन्त्री साहमाथि एक्सन लिने तयारी थालेको रास्वपा उच्च स्रोतले बतायो।
रास्वपाको अनुशासन समितिले मन्त्री साहमाथि छानबिन गरिरहेको र प्रमाण समेत जुटिसकेकाले पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार मन्त्री साहलाई पदबाट हटाउने विषयमा छलफल भइरहेको स्रोतले बतायो। महोत्तरी-२ बाट निर्वाचित साहको स्वास्थ्य बीमा बोर्डमा श्रीमती नियुक्ति प्रकरणले पद धरापमा परेको हो। उक्त विषयमा स्वास्थ्यमन्त्री निता मेहतालाई भने के गर्ने भन्ने विषयमा निष्कर्षमा नपुगिसकेको स्रोतको भनाइ छ।
लगातार ११ पटक बोर्ड बैंठकमा अनुपस्थित भएकी श्रममन्त्री साहकी पत्नी जुनु सोमबारको बैठकमा सहभागी भएकी थिइन्। उक्त विषयको स्वास्थ्य लाइभले खुलासा लाइभले गरेको थियो। जुनुले भने उक्त विषयलाई अस्वीकार गर्दै आएकी छिन्। रास्वपाको अनुशासन समितिले भने उक्त विषयलाई गम्भीर रूपमा लिएको पाइन्छ।
स्वास्थ्य बीमा बोर्डमा जुनुको पुनर्नियुक्ति गरेको प्रमाण दबाउन स्वास्थ्य मन्त्री मेहता र श्रीममन्त्री साह खानेपानी मन्त्रालयमा जुटेका थिए। बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेललगायतलाई उनीहरुले केरकार गरेका थिए। रास्वपाले भने उक्त विषयमा एक्सन लिने तयारी थालेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस