निजामती कानुनमा ५५ वर्ष पूरा भएकालाई घर जाने व्यवस्था ल्याउँदा १०० सहसचिव अवकाशमा जाने


काठमाडौं। संघीय निजामती सेवा कानुनमा ५५ वर्ष पूरा भएकालाई घर जाने व्यवस्था ल्याउनुपर्ने चर्चा चल्न थालेको छ। निजामतीमा एकपटकका लागि ३० वर्ष सेवा गरिसकेका र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई अवकाश दिनेगरी कानुन ल्याउन दबाब बढिरहेको पाइन्छ। उक्त व्यवस्थासहित अध्यादेश मार्फत कानुन आए झन्डै १ सयको हाराहारीमा प्रशासन सेवाका सहसचिव अवकाश हुने देखिन्छ।

कतिपय सहसचिवको भने ३० वर्षे सेवा अवधि पूरा नभएकाले उमेर ५५ पूरा भएपनि घर नजान सक्छन्। तर, उक्त व्यवस्था लागू भए ठूलो संख्यामा प्रशासन सेवाका सहसचिवहरू अवकाशमा जाने देखिन्छ।

सचिव बढुवाको मुखमा रहेका इन्दु घिमिरे, श्रीकृष्ण नेपाल, बिनोदबहादुर कुँवर, कालीप्रसाद पराजुली र ज्ञानेन्द्र पौडेल ५५ पूरा भइसकेका सहसचिव हुन्। सहसचिवहरू प्रदीपकुमार कोइराला, हरिशरण पुडासैनी, गजेन्द्रकुमार ठाकुर झक्कप्रसाद आचार्य, गोपालप्रसाद अर्याल, सुशील ढकाल र नेत्रप्रसाद सुवेदी पनि ५५ वर्ष कटिसकेका सहसचिव हुन्।

दीर्घराज मैनाली, ऋषिराम तिवारी, रामप्रसाद आचार्य,पिताम्बर घिमिरे, वसन्त अधिकारी, छविलाल रिजाल,चक्रपाणी पाण्डे, मुक्तिप्रसाद पाण्डे, श्रवणकुमार तिमिल्सिना,शिवराम पोखरेल, रमेश न्यौपाने, बाबुराम भण्डारी, राजेन्द्रकुमार केसी,बाबुराम भण्डारी र सरोजप्रसाद गुरागाईं पनि ५५ वर्ष पूरा भइसकेका सहसचिवमा पर्छन्। सहसचिवहरू हरिप्रसाद घिमिरे, शम्भुप्रसाद मरासिनी, शंकरहरि आचार्य, योगेन्द्रप्रसाद पाण्डे, बासुदेव दाहाल, ओमबहादुर खड्का, हिरालाल रेग्मी, दिपकराज नेपाल, लक्ष्मीप्रसाद निरौला, नरेशराज खरेल, मदन दाहाल, रूद्रप्रसाद लामिछाने, जयकुमार घिमिरे, शिवप्रसाद रेग्मी, मनोजकुमार आचार्य र थानप्रसाद पंगेनी पनि उमेरले ५५ पूरा भइसकेका छन्।

सहसचिवहरू जर्नादन गौतम, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, कृष्णप्रसाद सापकोटा, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, तुलसीनाथ गौतम, रामहरि ज्ञवाली, हेमराज सुवेदी, वेदप्रसाद खरेल, बलराम निरौला, मदन कोइराला, श्रवणकुमार पोखरेल र रामबहादुर कुरुम्बाङको पनि ५५ वर्ष उमेर पुगिसकेको छ।

रूद्रप्रसाद पण्डित, कमलबहादुर राजलवट जनकराज शर्मा, तेजप्रसाद दाहाल, लोकप्रसाद न्यौपाने, केदारनाथ शर्मा, चिरञ्जीवी पौडेल, खिमबहादुर रायामाझी, विनोद लामिछाने, विष्णुप्रसाद ज्ञवाली, पुष्कर न्यौपाने, गोपीकृष्ण कोइराला, राजुराज कडरिया, सन्तोषप्रसाद दाहाल, ऋषिराज आचार्य, पदमकुमार श्रेष्ठ, भरत गौतम, चन्द्रबहादुर शिवाकोटी, योगेन्द्रप्रसाद दुलाल र नारायणप्रसाद मैनाली ५५ वर्ष पूरा भइसकेका सहसचिव हुन्। त्यस्तै सहसचिवहरू गोविन्दप्रसाद अधिकारी, विमलप्रसाद बराल, यमेन्द्र उपाध्याय, लोकबहादुर सुनार, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, कृष्णाबहादुर शाही, ध्रुव गिरी, कृष्णप्रसाद आचार्य, गंगाबहादुर क्षेत्री, हिरालाल चौधरी र खिमबहादुर कार्की पनि ५५ वर्ष पूरा भइसकेका छन्।

त्यसैगरी एकनारायण शर्मा, लेखनाथ ज्ञवाली, कृष्णप्रसाद खनाल, शम्भुप्रसाद रेग्मी, झनककुमार खत्री, टेकनारायण पौडेल, चन्द्रप्रसाद भुसाल र दिपक ज्ञवाली पनि ५५ वर्ष पूरा भइसकेका सहसचिव हुन्।

सिंहदरबारमा चर्चामा रहेजस्तै ३०-५५ को कुराले कानुनी हैसियत प्राप्त गरे ठूलो संख्यामा सहसचिवहरू घर जाने देखिन्छ। यदी त्यस्तो भए सचिव बढुवाको मुखमा रहेकादेखि हालसालै सहसचिव भएकासम्म ठूलो संख्यामा सहसचिवहरू सेवाबाट बढारिने अवस्था आउँछ। ३०-५५ ले कानुनी हैसियत पाउँछ कि पाउँदैन हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ